काठमाडौं । बिहीबार राति पौने १२ बजे स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु भएको छ। बा५९८४ख नम्बरको बस ठुलोभर्याङ र हलचोक बीचमा उक्त दुर्घटना भएको हो।
चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डीएसपी निरञ्जन भट्टले जानकारी दिए। चालकको पहिचान खुल्न सकेको छैन।
बसलाई पार्किङ गर्न लैजाने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ। मृतक ड्राइभरको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।