Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारमा सबैभन्दा बढी उजुरी के मार्फत् पर्छन् ?


    सोमबार, साउन २ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । 

    यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन् । 

    हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्नेगर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? 

    अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्नेगर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए । 

    दोस्रो ठूलो उजुरीको स्रोत हुलाक सेवा (चिठी) हो । गत वर्ष हुलाक सेवा मार्फत अख्तियारमा भ्रष्टाचार सम्बन्धी २ हजार ७६० वटा उजुरी परेका थिए । 

    तेस्रो ठूलो उजुरीको स्रोत हो– इमेल । इमेल मार्फत आर्थिक वर्ष २०७८/७९ मा २ हजार ७५७ वटा उजुरी परेका छन् । 

    प्रवक्ता भण्डारीका अनुसार गत आर्थिक वर्ष समाचारपत्रहरुबाट २९०, फेसबुकमार्फत ९३, भाइवरबाट १५, आयोगको वेबसाइटबाट २ हजार १६५, मोबाइल एसएमएसबाट ४, टेलफोनबाट ७५०, मोबाइल एपबाट १०२ र अन्य स्रोतबाट २ हजार ७१७ वटा उजुरी परेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार