Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुडान हिंसामा कम्तीमा ३३ जनाको मृत्यु


    आइतबार, साउन १ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुडान। सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन् ।

    स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार झडपमा कम्तीमा १०८ जना घाइते भएका छन् । बर्टी र हवसा जनजातिबीच जग्गा विवादलाई लिएर सोमबार हिंसा भड्किएको थियो । हिंसापछि १६ पसलमा आगजनी गरिएको छ । 

    ‘हामीलाई स्थिति नियन्त्रण गर्न थप सेना चाहिन्छ’, अल–रोसेरेस शहरका स्थानीय अधिकारी एडेल अगरले भने । उनका अनुसार झडपपछि धेरै मानिसहरू प्रहरी चौकीमा शरण लिन खोजिरहेका थिए । 

    मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । हिंसालाई न्युन गर्न मध्यस्थकर्ता आवश्यक भएको उनले बताए । अशान्ति नियन्त्रण गर्न सेना तैनाथ गरिएको छ भने शनिबारदेखि राति कर्फ्यु लगाइएको छ ।

    ब्लु नाइलका गभर्नर अहमद अल–ओम्दाले एक महिनाको लागि कुनै पनि जमघटमा निषेध गरिएको बताए । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार