Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगलागीबाट लाखौंको क्षति


    शनिबार, असार ३२ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो । 

    आगालागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान,  चना १ क्विन्टल, तोरी ४० किलो, साईकल १ थान, सिलिन्डर ३ थान(सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन्।

    एकै साथ तीन सिलिन्डर पडकेर आगलागी हुँदा आगो निभाउने क्रममा तीन स्थानीय घाईते भएका छन। घाइते हुनेहरूमा कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेका छन्।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार