Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निवर्तमान अर्थमन्त्रीमाथि छानबिन प्रकरण : समितिले अर्थ मन्त्रालयका अधिकारीसँग आज बयान लिने


    शनिबार, असार ३२ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।करको दर हेरफेर गरिएको भनिएको विषयमा  निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्दै छ । संसदीय विशेष समिति गठन भएको आज पाँचौँ दिन पनि ११ बजे बैठक बस्न लागेको हो ।

    समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार