Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह


    बिहिबार, साउन १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वासिङ्टन । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाब दिनुभएको छ ।

    अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उहाँले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राख्नुभएको छ । “जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गर्नुभयो । सन्देशमा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अफ्ठ्यारोको विषय हुनेछ ।” रासस/एएफपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार