काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेलले दिएको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।
आइजीपी नियुक्तिबिरुद्धको परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालले गर्दैछन् । आज अन्तिम सुनुजाइ भएकाले सबैको चासोको बिषय भएको छ ।
आज रिट निवेदक पोखरेलका तर्फबाट कानुन व्यवसायीले जवाफ दिनेछन् । यो मुद्दाको पाँचौं पटक सुनुवाइ भइसकेको छ । गएको बैशाख १८ मा मन्त्रिपरिषदले बरिष्ठता मिचेर सिंहलाई आइजीपी नियुक्त गरिएकाले एआइजी सिंहले बैशाख २२ मा रिट दर्ता गरेका थिए ।