Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईपीओ जारी गर्दै कान्तिपुर टेलिभिजन


    शुक्रबार, असार ३१ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने जानकारी दिएका हुन् ।

    सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    १९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको सिरोहियाले बताए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार