Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने


    शुक्रबार, असार ३१ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् ।

    प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ ।

    दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

    माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् । फाइल फोटो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार