Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटको वागमती नदीमा फेला परेको अनौठो माछा डल्फीन रहेको दाबी, प्रहरीद्वारा नियन्त्रण


    बिहिबार, असार ३० २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित वागमती नदीबाट फेला परेको अनौठो माछा डल्फीन रहेको बताइएको छ । दुर्गाभगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरास्थित वागमती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीयले डल्फीन माछा फेला परेको बताएका हुन् । 

    दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ घर भएका राजकुमार सहनीले वागमतीमा करेन्ट लगाउँदा करिव ११ किलोग्राम तौलको माछा भेटाएपछि बिक्रीको लागि पिपराबजारमा ल्याएका थिए ।

     पिपरा बजार बिक्रीको लागि माछा हेर्न स्थानीयको भीड लागेको थियो । सहनीले सो माछाको मूल्य एक किलोको १ हजार राखेका थिए। तर नेपालमा डल्फीन माछा मार्न र खान प्रतिबन्ध छ ।

    भारतको समुन्द्र हुँदै सो माछा नेपालको बागमती नदीमा आएको हुनसक्ने दुर्गाभगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले बताए । उनले दुर्गा वडा नम्वर ५ बडहर्वा नजिक सोही प्रजातीका धेरै माछाहरु देखिएको दाबी गरे । उनले डल्फीन संरक्षण गरेर आन्तरिक पर्यटनलाई टेवा पुर्याउनुपर्ने बताए ।

    जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी विनोद घिमिरेले माछालाई नियन्त्रणमा लिइसकेको र आवश्यक अनुसन्धान गर्न डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जानकारी दिए । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार