Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभामुखमा कांग्रेसकी पुष्पा र एमालेकी विद्याबीच भिडन्त हुने


    बिहिबार, असार ३० २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ‌‌ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।

    गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए ।

    यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने कांग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार