Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निजी प्रयोगशालाले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने


    बिहिबार, साउन १५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अब अनुमति पाएका सबै निजी प्रयोगशालाहरूले शुल्क लिएर कोरोनाभाइरसको परीक्षण गर्न पाउने भएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना परीक्षणको लागि स्वीकृति दिइएका प्रयोगशालालाई सशुल्क परीक्षणको लागि अनुमति दिइएको जानकारी गराए।

    मन्त्रालयले सुरूमा काठमाडौं मेडिकल कलेज र स्टार अस्पताललाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको थियो । केहीदिन अघि ह्याम्स अस्पताललाई पनि कोरोना परीक्षणको अनुमति पाएको छ।

    आफूखुसी निजी प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति प्रदान गरेकोमा अन्य निजी प्रयोगशालाहरूले असन्तुष्टि जनाएपछि अहिले भने परीक्षण अनुमति पाएका अन्य निजी प्रयोगशालालाई पनि शुल्क लिएर परीक्षण गर्न दिइएको हो।

    अब परीक्षण स्वीकृति पाएका सबै प्रयोगशालाहरूले सरकारले तोकेको ५ हजार ५ सय रुपैंयाँ लिएर कोरोना परीक्षण गर्न पाउने छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार