काठमाडौं । बिहीबार देशभर २ सय ७४ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ६ हजार ३ सय ४ वटा पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ। काठमाडौं उपत्यकाका ४५ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा २ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार २ सय ४८ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार २ सय २७ रहेको छ ।
यस्तै आजसम्म कुल १३ हजार सय २ सय १ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ।