Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोप पठाउने भन्दै ठगी, पक्राउ परे रमेश


    बिहिबार, साउन १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युरोपेली मुलुक पठाउने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    महानगरीय अपराध महाशाखाको टोलीले धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार बसुन्धराबाट पक्राउ गरेको हो।

    उनले युरोपेली मुलुक चेक रिपब्लिक पठाइदिने भन्दै ११ लाख १३ हजारलिएर भागेका थिए । पीडितले प्रहरीमा उजुरी दिएसँगै  प्रहरीले उनको खोजी गरेको थियो।

    प्रारम्भिक अनुसन्धानबाट उनले अन्य १५ जना व्यक्तिहरूबाट पनि विभिन्न देश पठाइदिन्छु भनि १८ लाख ठगी सकेको खुलेको छ।

    उनलाई महाशाखाले थप अनुसन्धानका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार