Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एम अधिकारी महाप्रसाद नै हुन् कि होइनन् ? सांसदहरुले गरे छानबिनको माग 


    बुधबार, असार २९ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा राखिएका एम अधिकारी राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै प्रतिनिधिसभादेखि सडकसम्म उनको राजीनामा माग भइरहेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादीका सांसदहरुले एम अधिकारी अर्थात् महाप्रसाद अधिकारीबारे छानबिन गर्न माग गरेका छन् ।

    माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर एम अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै उक्त व्यक्ति गभर्नर महाप्रसाद नै भएकाले उनीबारे छानविन गरी कारवाही गर्न माग गरेकी छन् ।

    सांसद शर्माले भनिन्–राष्ट्र बैंक जस्तो नियामक निकायका गभर्नर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरीत योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ, ती एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने बिषय चर्चामा छ । यसबारेमा छानबिन हुनुपर्छ । अर्थतन्त्र बिग्रदो अवस्थामा छ भन्दै आरोप प्रत्यारोप चलिरहेको छ, यस्तो अवस्थामा केन्द्रीय बैंकको गभर्नर कुनै पार्टीको विभागको सदस्य भएको बिषय सार्वजनिक भएको छ, दलमा आवद्ध भएपछि त्यो ब्यक्तिले दलीय अनुशासन मान्छ कि सरकारको नियम मान्छ ? 

    त्यस्तै प्रतिनिधिसभामा शून्य समयमा अन्य सांसदहरुले पनि गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरेका छन् । सांसद अन्जना विशंखे र अमृता थापाले अधिकारीमाथि छानबिनको माग गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार