Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभामुख निर्वाचनको कार्यतालिका आज सार्वजनिक हुने


    बुधबार, असार २९ २०७९
    515
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । उपसभामुख निर्वाचनको कार्यतालिका आज सार्वजनिक हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने भएका    हुन् । 

    रिक्त रहेको लामो समयपछि प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ ।
    प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।तत्कालीन उसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार