Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्मला हत्याकाण्डमा प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरीले पाए सफाई


    बिहिबार, साउन १५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्मला पन्त हत्याको घटनाको प्रमाण नष्ट गरेको आरोपमा मुद्दा खेपिरेहका आठ प्रहरीले सफाई पाएका छन्। कञ्चनपुर जिल्ला अदालतले बिहीबार उनीहरुलाई सफाई दिएको हो। 

    निर्मलाकी आमा दुर्गादेवी पन्तले एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनीविरुद्ध प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएका थिए। उक्त मुद्दा जिल्ला अदालत कञ्चनपुरमा २०७५ फागुन २२ मा दर्ता भएको थियो। 

    यस्तै यही घटनाका आरोपीमध्येका एक दिलीप सिंह बिष्टका दाजु खडकसिंह बिष्टले पनि भाईलाई यातना दिएको भन्दै उजुरी दिएका थिए । सो घटनामा पनि प्रहरीले सफाई पाएको छ । 

    अदालतले प्रहरीलाई सफाइ दिएपछि निर्मलाको बलात्कार हत्या आरोपमा यसअघि पक्राउ परेर पनि साधारण तारेखमा रिहा भएका दिलिपसिंह बिष्टलाई पुन पक्राउ गर्ने बाटो खुला भएको छ ।

    प्रहरीले यसअघि नै दिलीपलाई पक्राउ गर्ने तयारी रहेको थाहा भएको छ । 

    २०७५ साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी  थिइन्। उनको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार