Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै


    बुधबार, असार २९ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्धकार हटाएर उज्यालोतर्फ जान बाटो देखाउने गुरुलाई पुज्ने दिन आज अर्थात् आषाढ शुक्ल पूर्णिमा। एउटै गुरुमा ब्रम्हा, विष्णु र महेश्वरको अस्तित्व भेटिने भएकाले आजको दिन मुख्य गुरु अर्थात् महाभारत र १८ पुराण रचना गर्ने ब्यास गुरुको सम्झना गर्दै आफ्ना गुरुप्रति आदरभाव देखाउने दिन हो । 

    आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । 

    संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । 

    वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ । 

    वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद‍्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार