Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो कोरोना संक्रमण एकैदिन थपिए १७७ संक्रमित


    मंगलबार, असार २८ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर १ हजार ८ सय ५ पिसिआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै आज थप ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार