Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • नखिपोटमा भेटियो सुन र हतियार फालेर भागेको स्कर्पियो


    बिहिबार, साउन १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । १५ किलो सुन प्रकरणमा प्रयोग भएको स्कर्पियो गाडी प्रहरीले बरामद गरेको छ । कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर भागेको गाडी ललितपुरको नखिपोटमा भेटिएको हो । 

    मंगलबार काठमाडौंको कमलपोखरीमा स्कर्पियो चेकजाँचका बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी भागेको थियो। प्रहरीले पिछा गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको बताएको थियो।

    गाडीसँगै फरार देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई प्रहरीले पूर्वीनवलपरासीबाट बिहीबार बिहान पक्राउ गरेको थियो।

    व्यक्ति पक्राउ गरे पनि गाडी भने सम्पर्कमा नआएका कारण प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो। सो गाडी बिहीबार दिउँसो प्रहरीले फेला पारेको हो।

    नखिपोटको एक बन्दै गरेको घरको कम्पाउन्डभित्र त्रिपालले छोपेको अवस्थामा सो गाडी फेला परेको हो। घटनाबारेको अनुसन्धान प्रहरीले तीव्र पारेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार