Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ३.८ प्रतिशतले बढ्यो रेमिट्यान्स


    मंगलबार, असार २८ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो बर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको रेमिट्यान्समा यस बर्ष भने संकुचन आइरहेको छ । जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यंक छ ।

    त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।   समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । 

    समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु.१००६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार