Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कृत


    सोमबार, असार २७ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ । 

    ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार