ललितपुर । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।
आइतबार प्रोपब्लिकलगायत कानुन आवद्ध विभिन्न संगठन, वातावरणविद्ले आयोजना गरेको निजगढ फैसला कार्यान्वयनको मार्गचित्र विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा। सूर्यप्रसाद शर्मा ढुंगेलले सर्वोच्च अदालतको निर्णय नपढीकन कुनै पनि निर्णय गर्न नहुने बताए ।
उनले भने– ‘कुनै पनि दलका नेताले पूर्ण फैसला पढ्नुभएको छैन, हचुवाको भरमा सर्वोच्च अदालतले निजगढमै विमानस्थल बनाउनुपर्छ भन्ने फैसला गरेको छ भन्दै बोल्न थाल्नुभएको छ ।’उहाँका अनुसार फैसला कार्यान्वयन गर्ने विषयमा छलफल गर्न छाडेर निजगढ पुगेर यहीँ विमानस्थल बन्छ भन्नु गलत भएको उहाँको धारणा थियो । ‘कसैले पनि अदालतको अपहेलना गर्न पाइँदैन, फैसलालाई कार्यान्वयन गर्न सरकारले सहयोग गर्नुको विकल्प छैन, कोटको निर्णय पढ्दै नपढी निर्णय गर्नु गलत हो’ –कानुनविद्समेत रहेका सदस्य ढुंगलेले भने। आजको समाचारपत्र दैनिकबाट