Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिलोपटक दक्षिण सुडान पुगेको राष्ट्रिय ध्वजाबहाक जहाज फर्कियो


    बिहिबार, साउन १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिलोपटक दक्षिण सुडान पुगेको नेपाल एयरलाइन्सको जहाज शान्ति मिसनमा रहेका नेपाली सैनिकलाई लिएर फर्केको छ।

    संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा कार्यरत नेपाली सेनालाई पुर्‍याउन पहिलोपटक नेपाल एयरलाइन्सको जहाज दक्षिण सुडानको राजधानी जुवा पुगेको हो।

    नेपाली सेनाको कालिध्वज गणका २ सय ३८ जना सैनिक लिएर गरेको जहाजले देवीदत्त गणका २ सय ५० जना सैनिक लिएर फर्किएको नेपाली सेनाले ट्वीटमार्फत् जानकारी दिएको छ।

    नेपाली सेना शान्ति मिसनका लागि दक्षिण सुडानमा सन् २०११ देखि जान थालेको हो। विश्वमा विभिन्न १२ वटा मिसनमा नेपाली सेना खटिएको छ। राष्ट्रसंघीय शान्ति मिसनका लागि दक्षिण सुडानमा १ हजार ७ सय ४६ नेपाली सैनिक कार्यरत छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार