Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीलंकाका प्रधानमन्त्रीले पनि राजीनामा दिने


    आइतबार, असार २६ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने भएका छन् । सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय सरकार बन्ने तयारी गरेसँगै आफूले राजीनामा दिने बताएका छन् । 

    राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी गरेका थिए । यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी राष्ट्रपति निवास छिरेका थिए । प्रदर्शनकारी छिरेपछि राष्ट्रपति सुरक्षित क्षेत्रतर्फ भागेका थिए । 

    राष्ट्रपति राजापाक्षेले राजीनामा दिने घोषणा गरिसकेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । राष्ट्रपति राजापाक्षे जुलाई १३  मा राजीनामा गर्न सहमत भएको सभामुखले जानकारी दिए ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार