Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज धेरै स्थानमा वर्षाको सम्भावना, सतर्क रहन सुझाव


    बिहिबार, साउन १५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज बिहीबार पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना छ । यसैगरी प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी र प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

    बिहीबार बिहान ६ बजे महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार