Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सशस्त्र प्रहरीका प्रदेश डीआइजी १० महिनादेखि काजमा, थप एक बर्ष अवधि लम्ब्याउन दरबन्दी कायम गराउने दौड


    शनिबार, असार २५ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका डीआइजीहरु १० महिनादेखि काजमा कार्यरत छन् । ६ महिना भन्दा बढी समय काजमा राख्न नपाउने ब्यवस्था छ । तर सशस्त्रका ७ डिआइजी १० महिनादेखि काजमा कार्यरत छन् ।

    प्रदेश नम्बर १ का डीआइजी कमल गिरी,  मधेश प्रदेशका गणेश ठाडामगर, बागमतीका किशोर प्रधान, गण्डकीका शम्भु सुवेदी, सुदूरपश्चिमका दुर्गा भट्टराई र ९ नम्बर बाहिनीका बंशी दाहाल गएको असोज ७ मा काजसरुवा भएका थिए । उनीहरुलाई दरबन्दी कायम गराउनतर्फ गृहमन्त्री बालकृष्ण खाँणले चासो नै राखेनन् । सशस्त्रका आइजीपी राजु अर्यालले उनीहरुको दरबन्दी कायम गर्न प्रयास गरे चुनावको समय आएकाले गृहमन्त्रालय सरुवा नै गर्ने पक्षमा पुगेको स्रोतले बताएको छ । 

    १० महिनादेखि कार्यरत बाहिनीका डीआइजीहरु दरबन्दी नै कायम गराएर थप १ बर्ष अवधि लम्ब्याउने खेलमा छन् । डीआइजीबाटै अवकाश हुने भएकाले प्रदेशका डीआइजीहरु गिरी, मगर, प्रधान र नेम्वाङहरु एक बर्ष थप पद लम्ब्याउने र प्रदेशबाट आर्थिक स्थिति सुदृढ गराउने चाहनामा छन् । उनीहरुले त्यसका लागि लबिईङ पनि तीव्र पारिरहेका छन् । प्रदेशमा हाल कार्यरत डीआइजीभन्दा जुनियर बिदुर खड्का, लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पालहरु १० महिना काजमा कार्यरत रहिसकेकाहरुलाई सरुवा गराएर आफू बाहिनीपति हुने चाहनामा छन् । 

    कर्णाली प्रदेशका डीआइजी अभि खत्री एसएसपी हुँदा नै निमित्त डीआइजी भएका हुन् । त्यसयता उनी लगातार कर्णालीको प्रमुखका रुपमा कार्यरत छन् । उनी डेढ बर्षभन्दा बढी समयदेखि कर्णालीको बाहिनीपतिमा कार्यरत छन् । सुर्खेतमा तत्कालीन एसपी दिग्बिजय सुवेदीसँगको रासन अनियमितता काण्डमा उनी समेत मुछिएका थिए । कांग्रेस नेता पूर्णबहादुर खड्काको आशीर्वादमा खत्री पुनः आकर्षक प्रदेशको बाहिनीपति हुने चलखेलमा लागेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार