Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच लाखसहित भारतीय नागरिक पक्राउ


    शुक्रबार, असार २४ २०७९
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मलंगवा । सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो ।

    बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । 

    प्रहरीले अवधेशको साथबाट पोको कम्पनीको २ थान मोबाइल पनि बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार