Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु


    बिहिबार, असार २३ २०७९
    635
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ।नेकपा माओवादीका पुर्व स्थायी कमिटीको बैठक खुमलटारमा सुरु भएको छ ।

    जारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनु अघि र पदाधिकारी घोषणा गर्नु अघि पुर्व स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

    पार्टीवाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा बिबादित भएपछि बुधवार पनि स्थगित भएको केन्द्रिय समिति बैठकवाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको हरिबोल गजुरेलले जानकारी दिए ।

    ‘पदाधिकारी चयनका बिषयमा प्रारम्भिक कुराकानी भईसकेको छ, त्यसलाई निष्कर्षमा पु¥याउनका लागि आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले न्युज कारखानासँग भने, ‘सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रिय समिति बैठक समापान गर्न लागि परेका छौं ।’ 

    आइतवार देखी सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकवाट रिर्पोटिङ भएको । दोस्रो दिन केन्द्रिय सदस्यहरुले उक्त दुवै बिषयमा प्रश्न राखे पछि मंगलवार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका बिषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन । बैठक अपरान्ह १ बजे बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार