काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य ९९ हजार कायम भएको जनाएको छ ।
अघिल्लो दिनको तुलनामा तोलामै ५ सयले सुनको भाउ बढेको महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार ५ सय ६० पुगेको छ । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।