काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । बिहीबारमात्र सो प्रदेशमा ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
यी मध्ये कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा तीन, लम्जुङमा तीन र नवलपरासीपूर्वमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।