Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५ किलो सुन प्रकरण: पूर्वीनवलपरासीबाट तीन जना पक्राउ परे


    बिहिबार, साउन १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले नक्कली सुन बरामद प्रकरणमा पूर्वीनवलपरासी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकालाई काठमाडौं ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। 

    प्रहरीले मंगलबार बिहान काठमाडौंको दरबारमार्गबाट बरामद गरेको १५ केजी पहेंलो धातुमध्ये ५ सय ग्राममात्र सक्कली सुन भएको पाइएको थियो।

    गाडीबाट फालेर हिंडेको अवस्थामा महानगरीय प्रहरी परिसरको टोलीले सो सुन र हतियार भेटेको बताइएको थियो । तर सो घटनामा भैरहेको अनुसन्धानमा सुन र हतियार दरबारमार्ग फालेको नभै तस्करले सुन्धारामा प्रहरीलाई बुझाएको पाइएको छ । 
    घटना बारे थप अनुसन्धान भैरहेको छ । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार