Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिप्लवलाई छाड्ने पुनदेखि ल्यारक्याल लामासम्म माओवादी केन्द्रीय समितिमा


    सोमबार, असार २० २०७९
    980
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाै‌ । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर  माअ‌ाेवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ । चन्द नेतृत्वकाे नेकपा परित्याग गरेर भर्खैरै माअ‍ाेवादी प्रवेश गरेका  पुनलाई केन्द्रीय सदस्य बनाइएको हो । 

    माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारक्याल  लामा पनि माओवादी केन्द्रीय समितिमा अटाउन सफल भएका छन् । ल्यारक्याल लामा विवादास्पद ब्यक्ति हुन् । ल्यारक्याल झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री भएका थिए । तर उनी राज्यमन्त्री नियुक्त हुनेवित्तिकै उनका दुईवटा नागरिकता र उनको संदिग्ध गतिबिधिबारे समाचार सार्वजनिक भएपछि उनलाई राजीनामा गराइएको थियो । एमालेले अर्थराज्यमन्त्रीबाट राजीनामा दिन लगाएपछि उनी पुनः माओवादीमा प्रवेश गरेका थिए । 

    ल्यारक्यालसँगै माओवादी केन्द्रीय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार