Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : एमाले अध्यक्ष ओली


    शनिबार, असार १८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो बिसाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए । 

    उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाब दिए ।  उनले परम्परागत खेति किसानबाट भन्दा औषधिय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेति गर्नतर्फ लाग्नु पर्ने बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार