काठमाडौं । औषधि ब्यवस्था विभागले विदेशी औषधि उद्योगहरुको निरीक्षण आइतबारदेखि सुरु गर्ने भएको छ । ३ सय ४० वटा उद्योगहरुले निरीक्षणका लागि विभागसमक्ष निवेदन दिएका थिए । तर विभागले स्वार्थ र मोटो रकम लिएर ५८ वटा उद्योगहरुलाई मात्रै निरीक्षण सूचीमा समेटेको छ । जसको सर्वत्र बिरोध भइरहेको छ । लामो समयदेखि निरीक्षणको पर्खाईमा रहेका उद्योगहरु सूचीमा नपरेपछि आक्रोशित हुन पुगेका छन् । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुमा न्यायका लागि उजुरी दिएका छन् ।
अख्तियारले यो बिषयलाई लिएर सुक्ष्मरुपमा अध्ययन गर्न थालेको जानकारी पाएपछि विभागका अधिकारी निरीक्षणमा जान हतारिएका हुन् । आइतबार निरीक्षण कार्य सुरु हुने र सोको नेतृत्व निरीक्षण महाशाखाका प्रमुख सन्तोष केसीले गर्ने विभाग स्रोतले बताएको छ । उनको नेतृत्वमा करिब ७ जनाको टोली निरीक्षणमा जाँदैछ । असारको अन्तिममा हुन लागेको यो निरीक्षण हतारमा सरकारी बजेट पचाउने र निरीक्षण सूचीमा हाल्दा कबोल गरेको रकम उठाउने लक्ष्य बिभागका अधिकारीले राखेका छन् ।
विभागका महानिर्देशक भरत भट्टराई र निर्देशक सन्तोष केसीको अगुवाइमा भएको रकम उठाउने कार्यको संचारमाध्यममार्फत् सार्वजनिक भएपछि सर्वत्र आलोचना भइरहेको छ । महानिर्देशक भट्टराई पछिल्लो समय सिटामोलको मूल्यबृद्धि, विदेशी औषधि कम्पनीहरुबाट उत्पादित औषधिहरुको मूल्य बढाउनका लागि राखेको प्रस्तावमा सहमति दिएपछि विवादमा त तानिएकै थिए, त्यसमाथि अहिले निरीक्षण सूची सार्वजनिक गर्दा मोटो रकम असुलेकोमा झनै विवादमा परेका छन् ।
काम नगरे पनि हप्कीदप्की गर्न पछि नपरेका बिरोध खतिवडा मन्त्री पदबाट हटेपछि सन्तोषको सास फेरेका भट्टराई अहिले अहिलेका स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ तेह्रथुमकै भएपछि झन हौसिएका छन् । उनले आफू तेह्रथुमे भट्टराई भएको र मन्त्री पनि उतैका भएपछि आफूलाई अब कसैले हटाउन नसक्ने भन्दै कार्यकक्षमै कर्मचारीहरुसँग फूर्ति देखाउन थालेका छन् ।
विगतमा ताप्लेजुङका योेगेश भट्टराई पर्यटन मन्त्री हुँदा पनि आफू ताप्लेजुङकै भट्टराई भन्दै एमालेसँग साइनो गाँसेर स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई प्रभावमा पार्न सफल भएका थिए । ढकालले उनको समेत सिफारिसमा भरत भट्टराईलाई महानिर्देशक बनाएको चर्चा अहिले पनि हुने गरेको छ ।
प्रदेश १ का जुन जिल्लाका मन्त्री भए, तिनैको निकट भएको बताउने उनको यो घटिया कलालाई नचिन्दा मन्त्रीहरु गुमराहमा पर्दैैआएका छनु । कांग्रेसका मन्त्री भएका बेला सोही पार्टीका कार्यकक्षमा बसाएर बीपी, गणेशमान र किस्ुनजीको सिद्धान्तको ब्याख्या गर्न पछि नपर्ने भट्टराई एमाले र समाजवादी मन्त्री हुँदा कम्युनिष्ट नेताको बखान गर्न पनि उत्तिकै सिपालु छन् ।
बिराटनगर निवासी भट्टराई राजधानीमा भने ललितपुरको इमाडोलमा बस्दैआएका छन् । भट्टराईले आफ्नै आसपास सातदोबाटोमा रहेको एक पार्टी प्यालेसलाई रकम कारोबारको अड्डा बनाउँदैआएको आरोप छ । सो अड्डामा बानेश्वर निवासी निर्देशक सन्तोष केसी आक्कलझुक्कल पुग्ने गरेको स्रोतको दाबी छ । आफ्ना बिरोधीलाई विभाग प्रांगणबाटै लखेटेर एकछत्र राज गर्दैआएका भट्टराई–केसी गठबन्धनलाई साथ नदिने कुनै पनि कर्मचारी विभागमा टिक्नै नसक्ने अवस्था सृजना गरिएको छ । यहीकारण जागिर अवधि बाँकी हुँदाहुँदै निर्देशक सरहकै पदमा कार्यरत शिव भट्टराई राजीनामा दिन बाध्य भएका थिए ।
भट्टराई–केसीको अनुचित दबाब झेल्न नसकेर र उनीहरुको कुकृत्यको साक्षी बस्न इन्कार गरेकै कारण भट्टराईले जागिर छाड्न बाध्य भएको विभागमा चर्चा छ । अनुमति महाशाखामा लामो समय बसेर स्थानीय तहको चुनावअगाडि निरीक्षण महाशाखाको प्रमुख बन्न सफल भएका केसी दर्जनभन्दा बढी ठूला स्थायी बिचौलिया मार्फत् परिचालन हुँदैआएको भट्टराई निकट स्रोतले दाबी गरेको छ । स्वार्थमा आधारित यो गठबन्धन बाहिर एक्लाएक्लै हुँदा भने एक अर्काको उछित्तो काढ्न पछि पर्दैनन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend