Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करेन्ट लागेर एकको मृत्यु


    बुधबार, साउन १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

    जलेश्वर नपा–१ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत आज बेलुका करिब ४.३० बजे वेल्डिङ गरिरहेको क्रममा अचानक सर्ट सर्किट भई उनको शरीरमा करेन्ट प्रवाहित हुँदा उनको मृत्यु भएको हो । मृतक कामदार राउतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार