Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा विभाजनउन्मुखः कार्यकारिणी बैठकमा उपेन्द्र पक्षले बाबुराम पक्षलाई आमन्त्रण नै गरेन


    शनिबार, असार १८ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाुबराम भट्टराई पक्षको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्षधर नेता भने अनभिज्ञ रहेका छन् ।

    आगमी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्याकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् ।

    ‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन्,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले भनिन्, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस् कसैलाई बोलाउने कसैलाई नबोलाउनु गर्दै आएको भएको थियो, यही होला भनेर बुझौं ।’ 

    ईमेल, मोवाइल म्यासेजमार्फत् बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरुले बैठकका बारेमा सूचना नपाएपछि यादव पक्षधर नेताहरुसँग चासो ब्यक्त गरिरहेका छन ।

    उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठकमा बारेमा इमेल आएको जानकारी दिए । ‘मलाई चाहिँ बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरुले कुनै खबर पाइएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाई भएको होला’ सुमनले भने ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार