काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारत ६८ वर्षका वृद्धको आज बुधबार मृत्यु भएको हो ।
गत बुधबार अस्पतालमा भर्ना भएका वीरगन्ज वडा नम्बर ७ निवासी वृद्धको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।नेपालमा अहिलेसम्म ४९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।आज बुधवार ६८ वर्षका वीरगन्ज ७ निवासी वृद्धको मृत्युसँगै नेपालमा मृतकको संख्या ५० पुगेको छ ।