Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै दिन ७ जनाको सिक्री लुटियो, प्रहरी प्रशासन अपराधी पक्राउ गर्न असफल


    शुक्रबार, असार १७ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा मोटरसाइकलबाट सुनका सिक्री लुटपाटका घटना दिनहुँ बढिरहेका छन् । केही दिनअघि एकै दिन  ७ जना महिलाको सुनको सिक्री लुटिएको छ । मुखमा कालोपट्टि र कालै चस्मा लगाएका लुटेराहरुले एक्लै हिडिरहेको महिलाको घाँटीबाट सुनको सिक्री लुट्दैआएका छन् । केही दिनअघि सुनसान बाटोमा बच्चा बोकेर फुल टिपिरहेको महिलाको सिक्री लुटियो ।

    २०७९ जेठपछि मात्रै सिक्री लुटपाटका घटना हुन थालेका छन् । केही दिनअघि एकै दिन ७ महिलाको सिक्री लुटपाट भए पनि अपराधी समाउन प्रहरी पक्राउ गर्न असफल भएको छ । मोटरसाइकलमा कालोपट्टि बाँधेका लुटेराले सिक्री तान्दा महिलाहरुको घाँटीमा घाउ हुने गरेको छ । सीसीक्यामराबाट सिक्री लुट्नेको मोटरसाइकल नम्बरका आधारमा अपराधी पत्ता लगाउनुपर्ने हो तर प्रहरीले सीसीटीभी क्यामराका आधारमा हेरेर अपराधी समाउनुपर्नेमा मोटरसाइकल नै दर्ता भएको रहेनछ भन्ने गरेको छ । सिक्री लुटपाटका घटना बढेपछि मर्निङवाकमा जाने बृद्धबृद्धासमेत असुरक्षित महसुस गर्न थालेका छन् ।

    सिक्री लुटपाटका दोषीलाई पक्राउ गर्नुपर्ने प्रहरीले जनशक्ति कम छ भन्दै पन्छिने गरेको छ । दिउँसै घर फुटालेर चोरी हुने, एकै दिनमा ७–८ ठाउँमा सिक्री लुट्ने घटना बढेपछि भरतपुरबासीहरुले जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीलाई भेटेर अपराधी पत्ता लगाउन माग गर्न डेलिगेसन गए पनि उनलाई नभेटिएको बिमला पाठकले गुनसो गरेकी छन् । आफ्नो घरमा आमा एक्लै बस्ने गरेको र घर फोडेर चोरी गर्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन चासो नदेखाएको बताइन् । २ पटक घर फोडियो । दराज फोडेर, किचनको भाँडाकुडा फालेर गए । घर फोड्ने र लुटेराको मोटरसाइकल नम्बर सीसीक्यामरा फुटेज देखिए पनि प्रहरीले अपराधी समाउन सकेको छैन । आमा एक्लै बस्नुहुन्छ, २ पटक घर फोडियो तर प्रहरीले चोर पक्राउ गर्न सकेको छैन, पाठकले गुनासो गरिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार