महोत्तरी । स्थानीय तह निर्वाचन सकिएसँगै महोत्तरीमा स्थगित नेकपा एमालेको अधिवेशनले चर्चा पाउन थालेको छ । पार्टीभित्र देखिएको विवादका कारण निर्धारित समयमा हुन नसकेको अधिवेशनले पुनः चर्चा पाउन थालेको हो ।
जिल्लामा रहेका केन्द्रीय सदस्यहरूबीचको आन्तरिक कलहका कारण अधिवेशनले पुर्णता पाउन नसकेको आरोप लागिरहेको वेला नेताहरू अधिवेशनमा लचिलो देखिएका छन् । ‘अहिले जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी काठमाडांैमा हुनुहुन्छ । उहाँ फर्केपछि प्रारम्भिक छलफल अगाडि बढ्छ,’ पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले भने ।
पार्टीभित्र भएका अन्तर्घातको विषयमा समेत गम्भीर समीक्षा हुने मण्डलको भनाइ छ । अन्तर्घातको बिषयमा पराजित उम्मेदवारबाट थुप्रै गुनासो आएको उनी बताउँछन् । उनले भने, ‘हामीले यसलाई गम्भीर रुपमा लिएका छाैं ।’
यता, अधिवेशनकै विषयलाई लिएर नेताहरूको दुई कित्ता बनेको छ । महोत्तरीमा नेकपा एमालेमा केन्द्रीय सदस्य तीन जना र एक जना पोलिटब्युरो सदस्य छन् । पोलिटब्युरो सदस्य रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवी एकातिर छन् भने केन्द्रीय सदस्यद्वय टेकबहादुर बलाम्पाकी र सरोज यादव अर्काेतिर रहेको कार्यकर्ताहरूको बुझाइ छ ।
यसअघि पनि द्विपक्षीय आन्तरिक द्वन्द्वका कारण आन्तरिक कलह गहिरिँदा अधिवेशन पटकपटक स्थगित बनेको थियो । यसैको परिणामस्वरूप कतिपय पालिकामा त समान्तर कमिटी नै गठन भयो । रामदयाल मण्डल पक्षले यसको कारण केन्द्रीय सदस्य सरोज यादव पक्षलाई लगाउँदै आएको छ भने यादव पक्षले मण्डलपक्ष जबर्जस्ती अगाडी बढ्न खोजेको आरोप लगाउँदै आएको छ ।
पार्टीको सदस्यता नै नभएकालाई समेत जिल्ला तहमा लैजानु पर्ने सरोज यादवको अडानले भाडभैलो भएको मण्डल पक्षका एक नेताले बताए । तर, यादव पक्षले भने पार्टीको विधि र विधानअनुसार नै अगाडि बढ्नुपर्ने र आफुखुसी अगाडी बढे परिणाम प्रतिकुल बन्ने चेतावनी दिँदै आएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend