महोत्तरी । स्थानीय तह निर्वाचन सकिएसँगै महोत्तरीमा स्थगित नेकपा एमालेको अधिवेशनले चर्चा पाउन थालेको छ । पार्टीभित्र देखिएको विवादका कारण निर्धारित समयमा हुन नसकेको अधिवेशनले पुनः चर्चा पाउन थालेको हो ।
जिल्लामा रहेका केन्द्रीय सदस्यहरूबीचको आन्तरिक कलहका कारण अधिवेशनले पुर्णता पाउन नसकेको आरोप लागिरहेको वेला नेताहरू अधिवेशनमा लचिलो देखिएका छन् । ‘अहिले जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी काठमाडांैमा हुनुहुन्छ । उहाँ फर्केपछि प्रारम्भिक छलफल अगाडि बढ्छ,’ पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले भने ।
पार्टीभित्र भएका अन्तर्घातको विषयमा समेत गम्भीर समीक्षा हुने मण्डलको भनाइ छ । अन्तर्घातको बिषयमा पराजित उम्मेदवारबाट थुप्रै गुनासो आएको उनी बताउँछन् । उनले भने, ‘हामीले यसलाई गम्भीर रुपमा लिएका छाैं ।’
यता, अधिवेशनकै विषयलाई लिएर नेताहरूको दुई कित्ता बनेको छ । महोत्तरीमा नेकपा एमालेमा केन्द्रीय सदस्य तीन जना र एक जना पोलिटब्युरो सदस्य छन् । पोलिटब्युरो सदस्य रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवी एकातिर छन् भने केन्द्रीय सदस्यद्वय टेकबहादुर बलाम्पाकी र सरोज यादव अर्काेतिर रहेको कार्यकर्ताहरूको बुझाइ छ ।
यसअघि पनि द्विपक्षीय आन्तरिक द्वन्द्वका कारण आन्तरिक कलह गहिरिँदा अधिवेशन पटकपटक स्थगित बनेको थियो । यसैको परिणामस्वरूप कतिपय पालिकामा त समान्तर कमिटी नै गठन भयो । रामदयाल मण्डल पक्षले यसको कारण केन्द्रीय सदस्य सरोज यादव पक्षलाई लगाउँदै आएको छ भने यादव पक्षले मण्डलपक्ष जबर्जस्ती अगाडी बढ्न खोजेको आरोप लगाउँदै आएको छ ।
पार्टीको सदस्यता नै नभएकालाई समेत जिल्ला तहमा लैजानु पर्ने सरोज यादवको अडानले भाडभैलो भएको मण्डल पक्षका एक नेताले बताए । तर, यादव पक्षले भने पार्टीको विधि र विधानअनुसार नै अगाडि बढ्नुपर्ने र आफुखुसी अगाडी बढे परिणाम प्रतिकुल बन्ने चेतावनी दिँदै आएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend