Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार थपिए २१० कोरोना संक्रमित


    बुधबार, साउन १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ।

    यस्तै बुधबार १ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २१ उपचारपछि निको भएका छन्। हाल ५ हजार २ सय ३ जना संक्रमितको उपचार भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार