Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


    बिहिबार, असार १६ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  काठमाडौंको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ बर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो । 

    बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा ठोक्किएका थिए । 

    दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार