Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित


    बिहिबार, असार १६ २०७९
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । 

    बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो । 

    साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ । 

    गएराती १० बजे पछि अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरी चौकी नाङलेभारेले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार