Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रहस्यमय बन्यो १५ किलो सुन प्रकरण, अनुसन्धानको जिम्मेवारी परिवर्तन


    बुधबार, साउन १४ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय १५ किलो सुन सम्बन्धी प्रकरुण विवादित बनेको छ । त्यसरी समातिएको भनिएको सुनमध्ये कमलादीबाट बरामद भएको साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको बाहिरिएसँगै यो घटना रहस्यमय भएको थियो । 

    घटना विवादमा परेसँगै काठमाडौं प्रहरी परिसर, टेकुलाई यो घटनाको अनुसन्धान गर्न रोक लगाउँदै प्रहरी प्रधान कार्यालय, नक्साल र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले अनुसन्धान गर्ने भएको छ । 

    यस्तैगरी घटनामा प्रहरी माथि नै छानबिन गर्न समेत समिति बनाइएको छ । 

    प्रहरीले मंगलबार बिहान कृष्ण पाउरोटीनजिक जाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार