Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डीआइजी बढुवा सिफारिसमा एसएसपी बाँस्तोला छुटे, पूर्णबहादुर खड्का बालुवाटारसँग रुष्ट


    बुधबार, असार १५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । १७ एसएसपीलाई डीआइजी बढुवा सिफारिस गर्ने गृहमन्त्रालयको निर्णयपछि उपसभापति पूर्णबहादुर खड्का आक्रोशित भएका छन् । असार ८ मा सरकारले डीआइजी बढुवा सिफारिस गर्दा एसएसपी राजेशनाथ बास्तोलाको नाम नपरेपछि खड्का रुष्ट भएका हुन् ।

    डीआइजी बढुवा सिफारिस हुनुभन्दा केही दिनअघि खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमै गएर बास्तोलालाई डीआइजी बढुवा गरिदिन आग्रह गरेका थिए । तर बढुवा सिफारिसमा उनको नाम नदेखिएपछि खड्का चिढिएर बालुवाटार गएर प्रधानमन्त्रीलाई पुनः आक्रोश पोखेका छन् ।

    कर्णाली प्रदेशका डीआइजी गणेश ऐर गएको बैशाख १८ गते अवकाश भए । उनी अवकाश हुन एकसाताअघि बैशाख १३ गते प्रदेशबाट बिदा भएपछि उपसभापति खड्काले नै एसएसपी बाँस्तोलालाई निमित्त डीआइजी बनाएर कर्णालीमा लगेका थिए । 

    तीन महिनादेखि कर्णालीको निमित्त डीआइजी रहेका, कांग्रेसका नेता हरिनाथ बास्तोलाका छोरा र प्रधानमन्त्री देउवाका निकट उपसभापति खड्कासँग घनिष्ठ सम्बन्ध भएकाले राजेशनाथको बढुवा हुने  निश्चित थियो । तर १७ एसएसपीको बढुवा हुँदा उनको नाम छुट्यो । उनी बढुवामा छुटेपछि उपसभापति खड्का बालुवाटार गएर प्रधानमन्त्रीसँगै असन्तुष्टि राखेका छन् ।

    एआइजी विश्वराज पोखरेल उमेरका कारण आगामी साउन २० गते अवकाश हुने र रिक्त एआइजीमा एक डीआइजी बढुवा हुनेछन् । र, एक डीआइजी पदमा एसएसपी राजेशनाथ बास्तोलालाई बढुवा गर्ने आश्वासन बालुवाटारले दिएको स्रोतले दाबी गरेको छ । अदालतले पोखरेलको पक्षमा आदेश दिएमा एआइजी रिक्त हुनेछैन । त्यसपछि राजेशनाथ बास्तोला यो बर्ष बढुवा हुन नपाए एसएसपीको उमेरहद ५६ बर्षका कारण अवकाश हुनेछन् । 

    यसैबीच, डीआइजी बढुवा हुनबाट छुटेका एसएसपी राजेशनाथ बास्तोलालाई सोमबारै बिराटनगर तालिम केन्द्रमा काजसरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार