Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसपीबाट एसएसपी बढुवाको लिगलिगे दौड सुरु


    मंगलबार, असार १४ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि प्रहरी उपरीक्षक (एसपी) हरुको दौडधुप सुरु भएको छ । गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश गरेसँगै रिक्त एसएसपीका लागि दौडधूप शुरु भएको हो । 

    एसएसपी बढुवाको प्रतिस्पर्धामा २०७४ साउन १९ गते बढुवा भएका ३५ जना मध्ये ३३ जना एसपी छन् । बाँकी २ जनाले यसअघि नै अनिवार्य अवकाश पाएका छन् । सो मितिमा बढुवा भएका एसपीहरुमा गणेश चन्द, ओमबहादुर राना, राजन अधिकारी, ईश्वर कार्की,  मनोजकुमार केसी, दानबहादुर कार्की लगायतका छन् ।

    २०५३ मा भर्ना भएर राष्ट्रिय अनुसन्धानबाट आएका १९ जना पनि बढुवाको लागि शक्तिकेन्द्र धाइरहेको बुझिएको छ । तर, बढुवा गर्दा प्रहरी नियमावलीको नियम ३० को उपनियम २ अनुसार कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण वा विशेष जिम्मेवारी लाई आधार मान्नुपर्ने उल्लेख छ । यसो गर्दा ०७५ जेठ २९ मा एसपीमा बढुवा भएकाहरु पनि पर्ने देखिन्छ । बढुवामा ज्येष्ठतालाई मात्र आधार नमानेर कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, चुनौतीपूर्ण जिम्मेवारीलाई पनि हेर्नुपर्ने र यसो गर्दा पछिल्ला व्याजीको पनि बढुवा हुनसक्ने गृह मन्त्रालय स्रोतले बतायो ।

    त्यसो त, प्रहरीतर्फ भर्ना भएकाले आफूहरुले द्वन्द्वको समयमा फिल्डमा गरेको कामको अवमूल्यन हुने गरी राष्ट्रिय अनुसन्धानबाट आएकालाई अगाडि ल्याउन नहुने तर्क गर्ने गरेका छन् । यो तर्कमा गृह मन्त्रालयसमेत सकारात्मक रहेको बुझिएको छ । पछिल्ला व्याजीहरुबाट योग्य र प्रोफेसनल अधिकृतहरुलाई एसएसपीमा बढुवा गर्दा बसन्त रजौरे, सोमेन्द्रसिंह राठौरे, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, प्रवीण पोखरेललगायतका एसपी पनि एसएसपीमा बढुवा हुनसक्ने देखिन्छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार