Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति शर्मा अमेरिकामा


    मंगलबार, असार १४ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन् । 

    सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी. इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए । 

    भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गरेका थिए । उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए । 

    प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन् । उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् ।प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार