काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय नाल इन्सास राइफल दिएको छ।
सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले सशस्त्र प्रहरी बलको क्षमता वृद्धिका लागि सेनाले राइफलसँगै अन्य सामग्री सहयोग गरेको बताएका छन्।
पौडेलले केहीबेर अघि ट्वीटरमा तस्बीर समेत राखेर लेखेका छन्– ‘यो सशस्त्र प्रहरी बलको क्षमता वृद्धिका लागि गरिएको सहयोग हो। किनभने सुरक्षा हाम्रो साझा जिम्मेवारी हो।’