Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार


    मंगलबार, असार १४ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  काठमाडौंको कोटेश्वरमा हिजो बेलुकी माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउ कुमार सेन रहेका छन् । 

    पैदलायात्रीलाई ठक्कर दिएर माइक्रो बस अनियन्त्रीत भई ट्रकसंग ठोक्किएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । 

    माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका सेनको उपचारको क्रममा ग्वार्को स्थित वि एण्ड वि अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो । 

    घाइते भएका माइक्रोका परिचालक रामेछापको मन्थली नगरपालिका–९ घर भई हाल ललितपुरको कुमारीपाटी बस्ने अन्दाजी २३ बर्षीेय विमल सुनुवारको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

    बा२ख १२३१ नम्बरको जम्बो माइक्रो बसले हिजो बेलुकी पौने ८ बजे पैदलयात्री सेनलाई ठक्कर दिई अनियन्त्रीत भई बालकुमारीबाट कोटेश्वर तर्फ आउदै गरेको प्रदेश ३–०१–००६ख ०२९५ नम्बरको ट्रकमा ठोक्किएको थियो । 

    दुर्घटना लगतै फरार भएका माइक्रोबसका चालकको खोजी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार