काठमाडौं । हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले क्वारेन्टिनस्थलबाट पक्राउ गरेको छ।
गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २२ वर्षीय गोर्खे भन्ने सुरज नेपालीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
सुरजले गत जेठ १० गते साँझ ६ बजेतिर काठमाडौं टोखा नगरपालिका-२ खेगलपाखास्थित तिलवक खोलामा आन्दाजी २५ को पुरुषको हत्या गरेका थिए । हत्या गरिएका व्यक्तिको अझैंसम्म पहिचान खुलेको छ।
हत्या लगत्तै फरार रहेका उनलाई खोजी गर्दा गोर्खा अजिरकोट गाउँपालिकाको हिमालयन माबि सिम्जुङ नजिक रहेको नारी विकास महिला समूहको क्वारेन्टिनमा बसेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जनकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।